Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा ट्र्याक्टर उत्सव योजना : बम्पर लक्की ड्रका विजेता घोषित

महिन्द्रा ट्र्याक्टर उत्सव योजना : बम्पर लक्की ड्रका विजेता घोषित


काठमाडौं ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्र्याक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा गरेको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसडर पारस खड्काले ‘लक्की ड्र’ कार्यक्रममार्फत तीन बम्पर पुरस्कार विजेताहरू घोषणा गरेका हुन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो ।

यस योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पु-याएका छन् । यस योजनाअन्तर्गत जीवन बीमा (५ लाख रुपैयाँको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) तीन जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।

भाग्यशाली ड्र विजेताहरू धनकुटाको योगराज राई, नेपालगन्जका निरन्जना चौधरी र सोही ठाउँका राम बहादुर कामी रहेका छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना भदौ ३० देखि मंसिर १५ गतेसम्म सञ्चालनमा रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया