Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदरबारमार्गको सामसङ डिजिटल प्लाजा विस्तार

दरबारमार्गको सामसङ डिजिटल प्लाजा विस्तार


काठमाडौँ ।
सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब चार हजार तीन सय स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरुमध्ये एक ठूलो शोरुममा पर्दछ ।

सामसङ्ग इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट सुंग जुन पार्कले शोरुमको उद्घाटन गरेका छन् । सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई विभिन्न तरिकाहरूमार्फत सुविधा पु-याउँदै आइरहेको छ । सामसङ्ग डिजिटल प्लाजामा किउ एलईडी टिभी, एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोनजस्ता सामसङ्गका उत्पादनहरु छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका छवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया