Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाज डोमिनार–२५० खरिदकर्तालाई साँचो हस्तान्तरण

बजाज डोमिनार–२५० खरिदकर्तालाई साँचो हस्तान्तरण


काठमाडौं ।
बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिदकर्ताहरुलाई साँचो हस्तान्तरण गरेको छ । कम्पनीले शुक्रबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्नेहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका थिए ।

साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेसनको पनि जानकारी दिइएको थियो । डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न इच्छुक व्यक्तिहरुले अनलाइन फर्म भरी टेकुको बजाज शोरुममा बुझाउनुपर्नेछ । लक्की ड्रबाट छानिएकाहरुले माघ १० गते हुने डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया