Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअशोक लेल्यान्डको मेगा विन्टर सर्भिस क्याम्प

अशोक लेल्यान्डको मेगा विन्टर सर्भिस क्याम्प


काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ सञ्चालन गरेको छ । कम्पनीले देशैभर आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागू हुने गरी आइतबारबाट क्याम्प सुरु गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरुलाई पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार साथै ड्राइभरहरुले सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी पनि लिन सक्नेछन् । यो सर्भिस क्याम्पको अफरहरु आशेक लेल्यान्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ ।

यो क्याम्पेनमा ग्राहक वर्गहरुले अशोक लेल्यान्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्नसक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्नेछन् । सुरक्षित गाडीका लागि जेन्युन पार्ट्स प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना माघ ४ गतेदेखि १५ गतेसम्म मात्र लागू हुनेछ । आईएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउँदै आएको छ । साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्नसुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया