टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक

काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत टाटा कमर्सियल गाडीहरुको खरिदमा विना धितो छ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधाप्राप्त गर्न सक्नेछन् । साथै व्यावसायिक परामर्शको समेत व्यवस्था मिलाइएको छ । युवावर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पु-याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यसअन्तर्गत कम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको छ । यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नेछन् ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया