Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग

वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग


काठमाडौं ।
पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टले नेपाल स्टारका उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई आवास निर्माणको लागि सहयोग प्रदान गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारित नेपालको आफ्नै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम बाइबाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन सहयोग गरेको हो ।

सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए । उनको आफ्नो गायनको शृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टले उक्त सहयोग गरेको हो ।

उक्त सहयोग घोषणा कार्यक्रम नेपाल स्टारको सुटिङ स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि का कार्यकारी निर्देशक मोहित केडियाले गरेका थिए । वृज सिमेन्टले नेपाल स्टारको पावर बाई सेग्मेन्टमा स्पोन्सर गर्दै आएको छ । साथै टप १० देखि सहभागीहरुको हौसला बढाउन ‘एक्सपोर्ट अफ द डे’को घोषणा गर्दै आइरहेको छ । यो शृङ्खला अन्तिम प्रतिस्पर्धासम्म हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया