Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल स्टारको अडिसन सुरु

नेपाल स्टारको अडिसन सुरु


बुटवल, पुस २१
गायन प्रतियोगिता ‘नेपाल स्टार’को पहिलो अडिसन बुटवलमा भएको छ । नेपाल टेलिभिजनको प्रस्तुति र कि एडभरटाजिङ्गको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिताको पहिलो अडिसन शनिबार बुटवलको कालिका मानवज्ञान माविको प्राङ्गणमा भएको हो । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सुरु हुन गइरहेको ‘वाइवाइ नेपाल स्टार’को पहिलो अडिसनमा उल्लेख्य संख्यामा उपस्थिति छ । बुटवल आसपासका साथै गुल्मी, अर्घाखाँची, नवलपरासी, पाल्पा, दाङ, प्युठानलगायतका जिल्लाबाट अडिसनका लागि आएका थिए । प्रतियोगिताको अडिशन अब धनगढी, सुर्खेत, पोखरा, चितवन, बर्दिवास र इटहरीमा हुनेछ ।

नेपाल स्टारको अडिसन अब २२ गते धनगढी, २५ गते सुर्खेत, २९ गते पोखरामा हुने छ । त्यसैगरी माघ ३ गते चितवन, ६ गते बर्दिवास र ९ गते इटहरीमा अन्तिम अडिसन हुनेछ । प्रतियोगितामा रामकृष्ण ढकाल, आलोकश्री तथा अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका छन् । नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ लाख प्राप्त गर्नेछन् भने अन्य तीन जनाले नगद ५–५ लाख प्राप्त गर्नेछन् । १६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको अडिसनका लागि फारम, उमेर खुल्ने परिचयपत्रसहित दुईवटा फोटो आवश्यक पर्नेछ ।

फारम अनलाइनमार्फत डाउनलोड गरेर पनि भर्न सकिने वा अडिसन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापकका साथै कि एडभरटाइजिङका बजार ब्यवस्थापक दिनेश पोखरेलले जानकारी गराए । देशैभरीबाट गायन प्रतिभाहरुको पहिचान गरि प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको कि एडभरटाइजिङका प्रबन्धनिर्देशक रविन्द्र कुमार रिजाल (शशी)ले बताए । करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाइज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको समेत शशीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया