कुमारी जबको मोबाइल एप
काठमाडौं, पुस २१
मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रवर्द्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रालिले मोबाइल एप सार्वजनिक गर्दै छैठौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा कुमारी जब डटकम नामक वेबसाइटको स्तरवृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोबाइल एप शुभारम्भ गरेको हो । सो वेबसाइट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको कम्पनी जनाएको छ ।
नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आबद्ध रही काम गर्दै आएका व्यवस्थापक र अन्य संघ/संस्थामा आबद्ध व्यक्तिको ठूलो उपस्थितिका बीच कुमारी जबले आफ्नो छैठौँ वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारी जब प्रालिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा प्रा.लि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो ।
साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो । कार्यक्रममा कुमारी जब प्रा.लिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब प्रालि नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी कुमारी जब प्रालि मानव संसाधन व्यवस्थापनका सम्पूर्ण पक्षसँग जोडिइसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप ऊर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया