Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआयोडिनयुक्त नुनको प्रवर्द्धन गर्न एक महिने ‘आयोडिन मन्थ’ सञ्चालन

आयोडिनयुक्त नुनको प्रवर्द्धन गर्न एक महिने ‘आयोडिन मन्थ’ सञ्चालन


काठमाडौं ।
आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले एक महिने ‘आयोडिन मन्थ’ सञ्चालन गर्ने भएको छ । आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरुप सन् २०२१ फेबु्रअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा सोमबारदेखि एक महिनाभर सरकारले आयोडिन मन्थका रुपमा मनाउने भएको हो ।

युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गर्दै आइरहेको छ । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये भिजिबल गोइटर सन् १९८५/०८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । सरकारले दिएको निर्देशनअनुसार साल्ट ट्रेडिङ्ग’ कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ ।

सरकारले लिएको सहशताब्दी विकास लक्ष्यअनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पु-याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वेअनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ भने सन् २०१६ मा नेपाल सरकारले गरेको एडीएचएस सर्वेअनुसार ९४.५ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको छ । यस उपलब्धिलाई जोगाइराख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको साल्ट ट्रेडिङ्गले बताएको छ ।

यस वर्ष कोभिड १९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै एक महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेसनले सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैरसरकारी संघ/संस्था, स्थानीय निकायलगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकीहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष (स्टल) राख्नेजस्ता गतिविधि महिनाभर सञ्चालन गर्ने साल्ट ट्रेडिङ्ग’ कर्पोरेसन लिमिटेडले जनाएको छ । सरकारले विगत ५७ वर्षदेखि साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि.लाई देशभर आयोडिनयुक्त नुनको आपूर्तिकोे जिम्मेवारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि.ले ग्रामीण स्तरसम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिह्न अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोमबारदेखि सुरु हुने आयोडिन मन्थमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी–सर्ट, पम्पलेट, तथा फेस मास्क जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने कर्पोरेसनले बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया