Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभाइकिङ २२२ मोडलका बस हस्तान्तरण

भाइकिङ २२२ मोडलका बस हस्तान्तरण


काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले भाइकिङ २२२ मोडलका बस ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीले ‘काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त मोडलका बसहरु ग्राहकलाई हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन् । भाइकिङ २२२ बसहरु सयभन्दा बढी बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सोमबार डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलोपटक नेपालमा गुड्नेछन् । गाडी लिनेमध्ये एक ग्राहकले यो गाडी यसअगाडि पनि आफूले लिँदै आएको बताए ।

हाल १० वटा भाइकिङ बसहरु आफूसँग रहेको र उक्त बसहरु पूर्व–पश्चिम रुटहरुमा सञ्चालन हुँदै आएको उनको भनाइ थियो । भाइकिङ २२२, रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ, जसले इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

यसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्सन, डाइरेक्ट ड्राइभ, इनलाइन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशील सुवेदीले बताए ।

नेपालमा हरेक लामो दूरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएका छन् । अत्यधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई विशेष सर्भिस पनि दिँदै आएको छ । आफ्ना १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया