Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण


काठमाडौं ।
नाडा अटोमोवाईल्स एशोसियसन अफ नेपालले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई झ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको टोलीले बुधबार महाशाखामा नै गएर उक्त ज्याकेट हस्तान्तरण गरेको हो । नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीलाई ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने ५ सय थान झ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको नाडाले जनाएको छ ।

नाडाले यसअघि पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिन्ह बोर्ड प्रदान गर्दै आएको जानकारी दिएको छ । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दे आएको छ । साथै नाडाको प्रतिनिधि मण्डलले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरुकाबारेमा पनि विस्तृत छलफल गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया