Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्राफिक उल्लंघनको जरिवाना इसेवाबाट भुक्तानी गर्न सकिने

ट्राफिक उल्लंघनको जरिवाना इसेवाबाट भुक्तानी गर्न सकिने


काठमाडौं ।
ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इ–सेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इ–सेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले हस्ताक्षर गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो । प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने अपेक्षा गरिएको छ ।

अनलाइन भुक्तानी गर्दा जरिवानाबापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुनेछ । सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उलंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरी सहजै इ–सेवाबाट रकम भुक्तानी गर्न सकिनेछ ।

इ–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनै पनि इसेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सकिनेछ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा व्यहोर्नुपर्ने झञ्झट अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया