Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए१५ का पाँच आकर्षक फिचर्स

ओप्पो ए१५ का पाँच आकर्षक फिचर्स


काठमाडौं ।
ओप्पोले हालसालै बजारमा सार्वजनिक गरेको एआई ट्रिपल रियर क्यामेरा सेटअप भएको ओप्पो ए १५ अत्याधुनिक फिचर्स सुसज्जित युवावर्ग लक्षित फोन हो । कम्पनीले उक्त फोन मितव्ययी मूल्यमा बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नजिकिँदै गरेको भ्यालेन्टाइन्स डेमा आफ्ना मन मिल्ने मानिसलाई उपहार दिनको लागि ओप्पो ए१५ उत्कृष्ट विकल्प समेत हुनसक्छ । भ्यालेन्टाइन्स डे विदेशी पर्व भए पनि नेपालमा पनि यसको प्रभाव बढ्दो छ । यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ । यस परिपाटीमा ओप्पो ए१५ उपहारका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको भनाइ छ । पुरुष र महिला दुवैका लागि उपयुक्त यो उपकरण उपलब्धमा भएका उत्कृष्ट फिचर्स यहाँ प्रस्तुत गरिएका छन् ।

एआई ट्रिपल रियर क्यामेरा र एआई ब्युटिफिकेसन : ओप्पो ए१५मा रहेका एआई ट्रिपल रियर क्यामेराले मानिसका साथै वरपरको विश्वको सटिक तस्बिर खिच्न सघाउँछ । यसमा १३ एमपी क्षमताको मुख्य क्यामेरा र चार सीएमसम्मका क्लोज शट्स खिच्न यसमा दुई एमपी क्षमताको म्याक्रो लेन्सको व्यवस्था गरिएको छ । पोट्रेट तस्बिरमा थप गहिराइ दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके इफेक्ट दिने दुई एमपी डेप्थ क्यामेरा पनि जडान गरिएको छ ।

फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्बिर खिच्न सघाउँछ । त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्बिर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै छ पृथक् पोट्रेट फिल्टर्स पनि उपलब्ध गराउँछ ।

ड्याजल कलर र एआई सिन रिकग्निसनको संयोजनमार्फत ओप्पो ए१५ले एआई सिन इन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्युटिफाई गर्ने क्षमता राख्छ । साथै, रि–अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाइलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्स पनि उपलब्ध गराउँछ । ओप्पो ए१५को पाँच एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्प पनि उपलब्ध गराउँछ । एआई ब्युटिफिकेसनले स्किन टोन तथा फेसियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।

स्लिक डिजाइनका साथ ६.५२ इन्चको ठूलो स्क्रिन : गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओप्पो ए१५मा ८९ प्रतिशत स्क्रिन टु बडी रेसियोका साथमा ६.५२ इन्च वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओप्पो ए१५को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्युसनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा एआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेसलगायत सुविधा पनि उपलब्ध छन् । ७.९एमएम मोटाइसहितको ए१५मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चरसहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्री ब्ल्यु गरी ओप्पो ए१५ दुई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।

४२३०एमएएच ब्याट्री क्षमता : तीव्रगतिको कार्य क्षमताका लागि ओप्पो ए१५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकताअनुसार यसलाई २५६ जीबीसम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा–कोर प्रोसेसरसहितको ओप्पो ए१५ले ब्याट्री मितव्ययिताका साथ सहज, तीव्र र विश्वासिलो कार्यसम्पादन सुविधा उपलब्ध गराउँछ । फोनमा मेमोरी डिफ्राग्मेन्टेसन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्टसहितको हाइपरबुस्ट २.१ फिचर पनि उपलब्ध गरिएको छ ।

हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकूलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाइ प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ । मज्जाले एकदिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री जडित ओप्पो ए१५मा आपत्कालीन अवस्थालाई समेत ध्यानमा राखी सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोगबाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया