Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई ट्राभल्सद्वारा नाट्टाको भवन निर्माणमा सहयोग

आईएमई ट्राभल्सद्वारा नाट्टाको भवन निर्माणमा सहयोग


काठमाडौं ।
आईएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा)को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि एक लाख ५१ हजार एक सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । ट्राभल्सले राजधानीमा आगजनी गरेको एक विशेष कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकमबराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा आईएमई ट्राभल्सका सञ्चालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो । साथै, आईएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै विभिन्न ग्राहकमुखी योजना ल्याएको छ ।

बैंकिङ, रेमिट्यान्स, इन्सुरेन्सलगायतका व्यावसायिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आइरहेको आईएमई समूहले पर्यटन क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । २५औँ वार्षिकोत्सवका अवसरमा गत बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको समग्र वस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले व्यवसायीहरुलाई पर्यटन विकासका लागि जुट्न आग्रह गरे ।

आईएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पर्यटन विकासका लागि आईएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्य पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया