इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
काठमाडौं ।
यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नम्बर नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अंग्रेजीमा नै गरिने बताएको हो ।
विभागले विभिन्न कार्यालयमार्फत इम्बोस्ड नं. प्लेट वितरण अघि बढाइरहेको छ । नयाँ सबै सवारीसाधनमा र थोरै संख्यामा पुरानो सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण भइरहेको छ । सो नम्बर प्लेटका लागि उपकरणमा अंग्रेजी भाषामा नै प्रणाली अघि बढेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार पुनः नेपाली भाषामा गर्दा सुरुदेखि नै गर्नुपर्ने भएकाले समय र खर्च दुवै लाग्छ । उनले भने, ‘सुरुमा भए गर्न सकिने थियो, अहिले काम अघि बढिसकेको छ ।’ प्रतिष्ठानका पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेका थिए ।
सोही आधारमा छलफल अघि बढे पनि नेपालीमा गर्ने सम्बन्धमा कुनै निर्णय भएको थिएन । व्यावहारिकरुपमा पनि अंग्रेजी भाषा नै ठीक हुने निर्देशक पौडेलले बताए । उनका अनुसार अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हुँदा सबैले बुझ्ने हुन्छ । मन्त्रालयले गत साउनदेखि वाग्मती प्रदेशबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । सवारीधनीले दुईपांग्रे सवारीसाधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपांग्रे साना तथा मझौला चारपांग्रे सवारीसाधनको नं. लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ ।
त्यस्तै ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नं. प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले सो नं. प्लेटका लागि तोकिएको बैंकमा राजस्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपांग्रे सवारीसाधनका लागि दुई हजार पाँच सय रुपैयाँ, चारपांग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपैयाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपैयाँ राजस्व जम्मा गर्नुपर्नेछ ।
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नं. प्लेटबापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । विभागले सरकारी नं. प्लेटका सवारीसाधनलाई फागुनसम्ममा सो नं. प्लेट लिइसक्नुपर्ने अनिवार्य गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- म्यानचेस्टर युनाइटेड खरिद गर्न इच्छुक छन् बेलायती अर्बपति जिम
- चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
- श्रीलंकाको आर्थिक संकुचन आठ प्रतिशतले बढ्ने
- युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक
- माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण
- एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक
- सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
- कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया