महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तार

काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीकोे सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार गरिएको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वाड्स एसोसिएसनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएसनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाड्स एसोसिएसनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी चयन भएका छन् ।
समितिका आमन्त्रितहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य संघका महासचिव बसन्त नारायण बोछिभोय, नेपाल निर्यात परिषद्का अध्यक्ष हरि बहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रालिका प्रबन्धनिर्देशक सुशील नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुन्दर कार्की छन् ।
त्यस्तै समितिका सल्लाहकारहरूमा नेपाल सरकारका पूर्वसहसचिव रविशंकर सैंजु, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, यस टर्मिनल्स प्रालिका प्रबन्धनिर्देशक अशोककुमार टेमानी, एसियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र इन्टरस्टेट टर्मिनल्स प्रालिका प्रबन्धनिर्देशक आरबी रौनियार चयन भएका छन् ।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासंघको निकै महत्वपूर्ण समिति रहेको बताए । भूपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौतीहरू रहेकाले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई अझ बढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ त्यसमा ठोस सुझाव तयार गर्न समितिलाई आग्रह समेत गरे । अध्यक्ष गोल्छाले समितिलाई मुलुकको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका इस्युमा काम गर्न सुझाव दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समितिलाई अन्तर्राष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाइ यातायातका सम्पूर्ण मुद्दाहरूमा परिणामदायी ढंगले काम गर्न सुझाव दिए । समितिका सभापति कार्कीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक महिनाको पहिलो सोमबार समितिको बैठक बस्ने र आउँदो बैठकमा समितिको कार्ययोजनाका लागि एजेन्डाहरू तयार गर्ने निर्णय समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया