Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङद्वारा ग्यालेक्सी एस२१ सिरिज सार्वजनिक

सामसङद्वारा ग्यालेक्सी एस२१ सिरिज सार्वजनिक


काठमाडौं ।
सामसङले एस सिरिजअन्तर्गतका ग्यालेक्सी एस२१, एस२१ प्लस तथा एस२१ अल्ट्रा स्मार्टफोनहरुको नेपालमा सार्वजानिक गरेको छ । नयाँ एस२१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२१ सिरिजका तीनवटै स्मार्टफोनहरु आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ एस्थेटिक्सको साथ उपलब्ध छ । एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस एआईद्वारा सञ्चालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ ।

यस्तै एस२१ अल्ट्रा सबभन्दा उन्नत प्रोग्रेड क्यामेरा सिस्टमका साथ उपलब्ध छ । यसमा क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध छ । जुन अपग्रेड गरिएको १०८ एमपी क्यामेरा साथ आउँछ, जसले ६४ गुणा स्पष्ट कलरहरुको साथ १२ बिट एचडीआर फोटो तथा तीन गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्छ ।

यस सिरिजमा अत्याधुनिक चिपसेट तथा स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभजी कनेक्सन तथा अन डिभाइस एआईलाई सपोर्ट गर्दछ । कम्पनीका अनुसार १२/२५६ जीबी क्षमता भएको ग्यालेक्सी एस२१ अल्ट्राको मूल्य एक लाख ५४ हजार नौ सय ९९ रुपैयाँ, ८/२५६ जीबी क्षमता भएको ग्यालेक्सी एस२१ प्लस र एस १ को मूल्य क्रमशः एक लाख २९ हजार नौ सय ९९ रुपैयाँ र एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । एस२१ अल्ट्रा दुईवटा कलर, एस२१ प्लस तीनवटा कलर र एस२१ दुईवटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले मोबाइल क्षेत्रमा पहिलो पटक सामसङले शून्य प्रतिशत ब्याजमा ईएमआई पेश गरेको छ । यस सुविधाअन्तर्गत कम्तीमा नौ हजार दुई सय रुपैयाँको १२ किस्ता ग्राहकले तिर्नुपर्ने हुन्छ । सामसङको ब्राण्ड स्टोरबाट सहजै प्राप्त गर्न सकिने किस्ताबन्दी योजना नेपालका बैंकहरु एनआईसी एसिया, एनआईबीएल, नबिल, सानिमा र ग्लोबल आईएमईमार्फत् लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया