ओप्पो, भिभो र शाओमीबीच सहकार्य
काठमाडौं, पुस २२
चर्चित स्मार्टफोन ब्राण्डहरु ओप्पो, भिभो र शाओमीले संयुक्त सहकार्यमार्फत पियर टू पियर वैश्विक प्रसारण गठबन्धनमा टेवा पु¥याउने प्रतिबद्धता जनाएका छन् । सो सहकार्यमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्डहरुले पनि सहभागिता जनाउन सकिने जानकारी दिइएको छ । यो गठबन्धनले प्रयोगकर्तालाई तस्बिर, भिडियो लगायत फाइलहरु कुनै इन्टरनेट कनेक्सनविना नै आदानप्रदान गर्ने सहजता प्रदान गर्नेछ । यसेल ओप्पोको नवप्रवर्तनात्मक सञ्चालन प्रणाली कलरओएस कसरी अन्य प्ल्याटफर्मका लागि समेत सहकार्यका लागि खुल्ला छ भन्ने कुराको राम्रो प्रतिनिधित्व गर्छ ।
गठबन्धनले सहज तथा छरितो सेयरिङ अनुभव प्रदान गर्ने :- दैनिक जीवनमा इन्टरनेटले ठूलै सहजता ल्याइदिएको छ । साथै, फाइभजी भित्रिनै लागेको अवस्थामा मानिसहरुमा अझ तीव्र र स्थिर कनेक्सन्सको आशा गरिरहेका छन् । तथापि फरक–फरक मोडल्स तथा ब्राण्डका फोनहरुमा भने फाइल सेयरिङले बाधा पुगिरहेको छ । यही समस्याको समाधान प्रदान गर्ने सोचका साथ फरक ब्राण्डका स्मार्टफोनबीच समेत फाइल सेयरिङमा सहजताका लागि ओप्पो, भिभो र शाओमीले मोबाइल उपकरणबीच हाईस्पिड वाईफाई डिरेक्ट ट्रान्सफर प्राटोकलअन्तर्गत पियर टू पियर गठबन्धनका लागि सहकार्य गरेको हो ।
‘तीन ब्राण्डबीचको यो सहकार्यको मूल उद्देश्य ओप्पो, भिभो र शाओमीका विश्वभर रहेका लाखौँ प्रयोगकर्तालाई सहज तथा प्रयोगकर्तामैत्री फाइल शेयरिङ सुविधा उपलब्ध गराउनु हो’, ओप्पोका उपाध्यक्ष तथा सफ्टवेयर इञ्जिनियरिङ बिजनेस डिभिजनका अध्यक्ष एण्डी वुले भने, ‘आफ्ना उपभोक्तालाई संयुक्तरुपमा सेवा प्रदान गर्ने ओप्पो, भिभो र शाओमीद्वारा चालिएको यो पहिलो कदम हो । हामी यस गठबन्धनमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्डलाई पनि स्वागत गर्दै अझ बृहत्, खुल्ला, सहज र अन्तर्क्रियात्मक प्रयोग अनुभव प्रदान गर्न चाहन्छौँ ।’
यो फाइल ट्रान्सफर फंक्सनले उपकरणलाई फराकिलो रेञ्जका साथै, न्यून ऊर्जा खपत गर्ने ब्ल्यूटूथ लो एनर्जि (बीएलई)को माध्यमबाट स्क्यान गरी वाईफाई पीटूपी (पियर टू पियर) प्रविधिमार्फत फाइल ट्रान्सफर गर्न सघाउँछ । ब्ल्यूटूथभन्दा तीव्र हुनुका साथै यो प्रविधिले वाईफाई कनेक्टिभिटीमा कुनै सम्झौताविनै फाइल ट्रान्सफर सुविधा प्रदान गर्ने जानकारी दिइएको छ । यस प्रविधिले औसतमा २० एमबीपीएसको ट्रान्सफर गति प्रदान गर्छ ।
कलरओएस७ सहितको ओप्पो स्मार्टफोन्समा प्रयोगकर्ताले डेस्कटप स्क्रिनमा स्वाइप डाउन गरी ड्रपडाउन मेनुमा गई ओप्पो सेयर बटन पाउन सक्छन् । यसलाई केही समय सम्म थिची इन्टर गर्न सक्छन् । यही प्रक्रिया पछ्याउँदै भिभो र शाओमी फोनमा पनि फाइलहरु पठाउन तथा पाउन सकिन्छ । बहुसंख्यक फाइल एकैपटक पठाउने कार्यमा सघाउँदै यो फंक्सनले प्रयोगकर्तालाई फाइल ट्रान्सफरको कार्यमा सहजता प्रदान गर्छ ।
ओप्पो सेयरको प्रयोग कलरओएस सेवेन (एण्ड्रोइड टेन) र माथिका सञ्चालन प्रणाली प्रयोग हुने उपकरणहरुमा सहजै गर्न सकिन्छ । हाल कलरओएस सेवेन ट्रायल भर्जनका रुपमा रेनोटू, रेनो टेनएक्स जुम, एफ११ प्रो, एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन र एफ११मा उपलब्ध गरिएको छ । आउँदा महिनाहरुमा यो सञ्चालन प्रणाली फाइन्ड सिरिज, रेनो सिरिज, आर सिरिज, एफ सिरिज, ए सिरिज र केथ्री सिरिजमा समेत उपलब्ध गराइने कमपनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया