बेनेली मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम

काठमाडौं ।
इटालियन ब्राण्डको मोटरसाइकल बेनेलीले बुधबार ‘बेनेली टेष्ट ड्राइभ कार्यक्रम’को आयोजना गरेको छ । कम्पनीका विभिन्न शोरुमहरु काठमाडौं, बुटवल, चितवनलगायतका ठाउँमा गएर बेनेलीको टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ । सहभागी चालकहरुले मोटरसाइकल चढेर परीक्षण गर्दा आकर्षक उपहार पनि जित्न सक्नेछन् ।
त्यसैगरी नेपालमा पहिलोपटक बेनेलीको नयाँ मोडल १८०एस को उत्कृष्ट डिजाइनका साथ उद्घाटन हुने भएको छ । सधैँ झैँ यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गर्दै एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने कम्पनीको भनाइ छ । केटीएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालि यसको नेपालको एक मात्र आधिकारिक बिक्रेता रहेको छ । सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई केटीएमले बिक्री तथा वितरण गरिरहेको छ ।
बेनेली मोटरसाइकलले राम्रो माइलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पार्टपुर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । बेनेली प्रख्यात इटालियन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखि नै प्रत्येक चालकको रोजाइ बन्नपुगेको छ । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूति गरेको पाइन्छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया