Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिद्धार्थ विश्वज्योति मल्टिपर्पोज र माछापुच्छ्रे बैंकबीच सम्झौता

सिद्धार्थ विश्वज्योति मल्टिपर्पोज र माछापुच्छ्रे बैंकबीच सम्झौता


काठमाडौं ।
फोर्स मोटर्सको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कम्पनी प्रालि र माछापुच्छ्रे बैंक लिमिटेडबीच सम्झौता भएको छ । फोर्स मोटर्सका ग्राहकहरुले फोर्स मोटर्सले नेपालमा बिक्री गर्दै आएका विभिन्न सेग्मेन्टका सवारीहरुको खरिदमा माछापुच्छ्रे बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष दिनेशमान आमात्य र निर्देशक प्रविन कुमार भारी तथा माछापुच्छे्र बैंकको तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमूख उज्वल पाण्डेले हस्ताक्षर गरेका छन् । पछिल्लो समय फोर्स ब्राण्डको ट्याक्स क्रुजर जिपले राम्रो मार्केट लिएको छ ।

कम्पनीका अनुसार यो कमर्सियल भाडा जिपअन्तर्गत सबैभन्दा धेरै सिट क्षमता भएको सवारी पनि रहेको छ । साथै पिकअप सेग्मेन्टमा कार्गो किंग तथा प्यासेन्जर मिनि सवारीअन्तर्गत र टि वान तथा टि टु समेत राम्रो मानिएका सवारी हुन् । यी सवारी टुरिजम क्षेत्रमा सबैभन्दा बढी प्रयोगमा आएका सवारी समेत हुन् ।

लामो समयको वारेन्टी समय देशभरिका विभिन्न स्थानमा सर्वसुलभ रुपमा स्पेयर्स पाट्र्स तथा अनुभवी मेकानिक रहेकोले पनि फोर्स मोटर्सको मार्केट बलियो हुने देखिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया