Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभ्यालेन्टिन लक्षित ‘रियलमी’ गिफ्ट आइटम

भ्यालेन्टिन लक्षित ‘रियलमी’ गिफ्ट आइटम


काठमाडौं ।
प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमा तीव्र गतिमा आफ्नो बलियो सञ्जाल बनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमी एआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोनसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।

रियलमी ब्यान्ड : हरेक व्यक्ति शारिरीक रूपमा फिट रहन चाहन्छन् । अन्य व्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारीरिक पर्फमेन्स पनि उत्तिकै महत्वपूर्ण हुन्छ । रियलमी व्याण्ड आफ्ना ग्राहकलाई फिट देखाउनका लागि सदा तत्पर छ । रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ ।

यस्तै आईपी ६८ अन्तर्राष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि केही बिग्रिदैन । स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतम बोर्डर लेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिससमेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्च कलरस्किन रहेको यो ब्यान्ड वातावरणमैत्री पोलिमर सामग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राम मात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।

रियलमी बड्स एयर : पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ र तपाईको पार्टनरलाई संगीत मनपर्छ भने कम्पनीले रियलमी बड्स एयर उपहार दिन सकिन्छ । रियलमी उत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस)को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्राम तौलका साथ उपलब्ध रहेको छ । एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेब्याक म्युजिकका रूपमाकाम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोललगायतका विशेषताहरू यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’ ‘रियलमी वाच एस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहित अन्य फिचर्सहरू पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाइको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्र नभएर बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ । यसको डिस्प्लेमा अमेरिकी ग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । आईपी ६८ अन्तर्राष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन ।

कम्पनीले यस घडीमा एक सय भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रा मापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पु-याउँछ । १६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान/योग तथा आरामको तालिकासमेतको सुविधा यस घडीमा रहेको छ ।

रियलमी गुगलसँग घडीलाई लिंक गरेर फोनअनुसारको आफ्नो तालिकासँग जोडेर त्यसअनुसारको समय तालिका यसमा निर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरू घडीमार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोनलगायतको जानकारी घडीमार्फत् नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ ।

कम्पनीका अनुसार रियमी ब्याण्ड कालो रंगमा दुई हजार नौ सय ९९ रुपैयाँमा बजारमा उपलब्ध रहेको छ भने रियलमी बड्स एयर सेतो रंगमा छ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै रियलमी वाच एस नौ हजार नौ सय ९९ रुपैयाँमा कालो रंगमा पाइने कम्पनीले जनाएको छ । टेक्निकल क्षेत्रमा लोकप्रियता बढ्दै गएपछि रियमलीले नवीनतम् ट्रेन्डहरू ल्याउनका लागि आफ्नै रियलमी डिजाइन स्टुडियोसमेत स्थापना गरेको छ । स्मार्ट एआईओटी उत्पादनको क्षेत्रमा रियमलीले आफ्ना उत्पादनमार्फत ग्राहकलाई उत्कृष्ट अद्वित्तीय अनुभूति प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया