Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थप

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थप


काठमाडौं ।
वाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अर्थात् स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ ।

वाग्मती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरूले आफ्नो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरेबमोजिम एकपटकका लागि मात्र १५ दिन अवधि रहने गरी फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

गत मंसिर २४ गतेबाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएको थियो । माघ मसान्तसम्म आठ सय ७० वटा आवेदन परेको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए । उत्पादन र सेवामूलक क्षेत्रमा सृजनात्मक रुपमा उद्यम गर्न चाहने युवाहरूको सङ्ख्या बढिरहेको र उनीहरूले समय थप गर्न आग्रह गरेबमोजिम फेरि नथप्ने गरी म्याद थप गरिएको उनको भनाइ थियो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्राप्त आइडियाहरूमध्ये उत्कृष्ट आइडिया छनौट गरी निःशुल्क तालिम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरूमा उत्साह थपिएको बताए । यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेसनले मिलेर काम गरिरहेको जानकारी दिए । स्टार्टअप आइडिया कल डट ओआरजी लगइन गरी आइडिया पठाउन सकिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया