Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेजद्वारा फिफा क्लब विश्वकप २०२० फाइनल खेलको विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम

कतार एयरवेजद्वारा फिफा क्लब विश्वकप २०२० फाइनल खेलको विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम


काठमाडौं ।
फिफा क्लब विश्वकप २०२० को आधिकारिक एयरलाइन पार्टनर कतार एयरवेजले ११ फेब्रुअरी २०२१ मा लुसाइल ड्राइभ–इन सिनेमामा फाइनल खेलको एक विशेष ड्राइभ–इन भ्युइङ कार्यक्रम आयोजना गरेको थियो । उक्त भ्युइङ कार्यक्रममा उपस्थित कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरु, इन्फ्लुयन्सर एवं व्यावसायिक प्रतिनिधिहरुले रोमाञ्चक फाइनल खेलको सुरक्षित रुपमा आनन्द लिएका थिए । बिहीबार ११ फेब्रुअरीको दिन द एजुकेशन सिटी स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा युरोपेली विजेता क्लब बायर्न म्युनिकले टिग्रेस युएएनएललाई पराजित गर्दै फिफा क्लब विश्वकप २०२० को उपाधि हात पारेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया