पोखरामा वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम
काठमाडौं, पुस २३
जगदम्बा स्पोर्टस प्रालिअन्तर्गत पोखरा राइनोज टिमको तर्फबाट पोखराको लेक साइडमा वातावरण प्रदुषणको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम टीभीएस तथा वातावरण सम्बन्धित संस्था (क्लिन इनर्जी नेपाल) को सहकार्यमा ३१ डिसेम्बर, २०१९ बाट सुरु भएको पोखरा स्ट्रिट फेस्टिवलमा विभिन्न कार्यक्रमका साथ सामाजिक जनचेतना अभियानलाई जनमानसमा वातावरण प्रदूषणको अवस्था, न्यूनीकरण गर्ने कार्यदिशा तथा स्वच्छ वायु मेरो अधिकार भन्ने नाराका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्ताहरुलाई वातावरण प्रबर्द्धनमा मेरो साथ र न्यूनीकरण गर्न हस्ताक्षर संकलन गरि सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाइट, -याली तथा वृक्षरोपन कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे । आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित ईपिल क्रिकेटलाई प्रवर्द्धन गर्ने हितले क्रिकेट सम्बन्धित विभिन्न खेल सामग्रीलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखी खेलकुद पर्यटनलाई प्रबर्द्धन गर्न सफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया