क्यानालिस टप–५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी

काठमाडौं ।
रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनको क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘पाँच उत्कृष्ट स्मार्टफोन २०२०’ को सूचीमा रियलमी पनि परेको हो । चौथो त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो ।
उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यान्मार लगायतका मुलुकमा वार्षिक रुपमा शतप्रतिशतले वृद्धि भएको छ । समग्र मोबाइलफोनको १२ प्रतिशत बजार सेयरका साथ भारतमा रियलमी पाँचौँ नम्बरमा पर्न सफल भएको छ । रियलमी ग्रिस, चेक रिपब्लिक र रसियाजस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा छ ।
रिपोर्टअनुसार २०२० को चौथो त्रैमासिकमा रसियामा त यस फोनको बिक्री तीन सय ३८ प्रतिशतले बढेको छ । ‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो । यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् । हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखी नवीनतम डिजाइन, सफ्टवेयर र हार्डवेयरबीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिबद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ले भने ।
क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचीमा रियलमी सूचीकृत भएको छ । यससँगै दक्षिणपूर्वी क्षेत्रमा पनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया