Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगम्याक ल्युब्रिकेन्टसको शाखा कोहलपुरमा

म्याक ल्युब्रिकेन्टसको शाखा कोहलपुरमा


काठमाडौं ।
भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्टसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोहलपुरमा शाखा सञ्चालन गरेको छ । सिप्रदी र टीएल ट्रेड सप्लायर्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन गरिएको हो ।

कम्पनीका अनुसार म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु हो । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरुलगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यसबाहेक अन्य सुविधाहरु, व्यावसायिक तालिम, ल्युब्रिकेन्टसम्बन्धी ब्रोसर, बुकलेट र अन्य सामग्रीहरुलगायत प्राप्त गर्न सक्नेछन् ।

यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ । म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ ।

उक्त वर्कशपमा ग्राहकहरुले कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ । यस वर्कशपले विभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा यही फेब्रुअरीको आन्तिमसम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टमा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया