‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम आयोजना हुने

काठमाडौं ।
‘डिजिटल लर्निङ डे’को अवसरमा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम आयोजना हुने भएको छ । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न २५ फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको हो । यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने सुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो ।
निमा एजुकेसन फाउन्डेसनले यस वर्षको २५ फेब्रुअरी २०२१ अर्थात् २०७७ फागुन १३ गते ‘डिजिटल शिक्षाको लागि सँगै’ नारासहित यस वर्षको डिजिटल लर्निङ डे विशेष कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आईसीटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ ।
यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेसन र पिक्सल टचको पनि सहकार्य रहेको छ । फाउन्डेसनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ सुरू गरेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताए ।
डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुनेछन् । ‘रिइमाजेनिङ डिजिटल एजुकेसन : पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेसन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुनेछ ।
कार्यक्रममा ‘कि नोट स्पिकर’को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाबारे बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुनेछ । कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरूसहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ । यसैगरी डिजिटल लर्निङ डेको अवसरमा दुई दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुनेछन् ।
पछिल्लो समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण लामो समयदेखि शैक्षिक संस्थाहरू बन्द रहेका थिए । यस अवसरमा नेपालमा डिजिटल शिक्षाका लागि पनि नयाँ आयाम थपिएको फाउन्डेसनले जनाएको छ । अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरेका छन् । सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ । यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेर गएको निमा एकेडेमीका सीईओ निश्चलमान प्रधानले बताए ।
क्याटेगोरी : कर्पोरेट, नेपाल
ताजा अपडेट
- दुई उद्योगका बीचमा ट्रेडमार्क चोरीको मुद्दा : सरकारले निर्णय नगर्दा विवाद झन् बढ्यो
- निर्माण सुरु भएको चार वर्षसम्म अलपत्र पुल
- करोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ
- ‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौँ’
- अचानक बढ्यो सेयर बजार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- सचेत हुँदै विदेश जाने युवा
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया