नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेजबीच सम्झौता

काठमाडौं ।
परिवर्तित औद्योगिक आवश्यकताअनुसार स्नातक उपाधिधारी विद्यार्थीहरू तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौता भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
महासंघका अध्यक्ष रवि सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउनसक्ने बताए । महासंघका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा (एडी)ले यस किसिमको बहुआयामिक सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीहरूलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने चौतारी प्रदान गर्ने बताए ।
कार्यक्रममा एड्भान्स्ड कलेजका अध्यक्ष रमेश सिलवालले सम्झौताले विद्यार्थीहरूमा निर्माण उद्योगको वास्तविक कार्य अनुभव हासिल हुनुका साथै उनीहरूको ज्ञान र सीपको मूल्यबोध गराउने बताए । उनले वर्तमान युग औद्योगिक प्रतिष्ठानसँग सम्बन्धित इन्जिनियरहरू उत्पादन गर्ने युग रहेको समेत उल्लेख गरेका थिए । कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले औद्योगिक प्रतिष्ठान र शैक्षिक प्रतिष्ठानको अर्थपूर्ण सहकार्यका माध्यमबाट दुवै संस्थाको बौद्धिक क्षमताको प्रभावकारी उपयोगलाई सहयोग पुग्ने धारणा राखे ।
एड्भान्स्ड कलेज तथा ईआरएमसीका निर्देशक इन्जिनियर उद्धव चौलागाईँले शैक्षिक प्रतिष्ठानले औद्योगिक प्रतिष्ठानसँग सहकार्य गर्नुपर्ने बताए । देशको व्यावसायिक क्षेत्रका निर्माणकार्य गर्न सक्षम प्रतिस्पर्धी इन्जिनियरहरूको उत्पादन र विकास गर्न यस किसिमको सहकार्य किन आवश्यक छ भन्ने विषयमा उनले प्रकाश समेत पारेका थिए ।
क्याटेगोरी : कर्पोरेट, नेपाल
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया