Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवृज सिमेन्ट हस्तान्तरण

वृज सिमेन्ट हस्तान्तरण


काठमाडौं ।
पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टले नेपाल स्टारका उत्कृष्ट छका सिद्धान्त खड्कालाई आवास निर्माणको लागि सिमेन्ट हस्तान्तरण गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारित नेपालको आफ्नै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन नेपाल स्टारको कार्यक्रममार्फत घोषणा गरेको वृज सिमेन्ट उपलब्ध गराएको हो  ।

नेपाल स्टारको कार्यक्रममार्फत घोषणा गरेको कार्यक्रममा गायक सिद्धान्त खड्काको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज सिमेन्टले उपलब्ध गराइदिने प्रतिबद्धता कम्पनीको कार्यकारी निर्देशक मोहित केडियाले कार्यक्रम स्थलमा उपस्थित भई जनाएका थिए ।

सिद्धान्त खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरी उत्कृष्ट छैटौँ स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकहरुले लिएका थिए । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले उनको झापा जिल्लाकोे केर्खामा अवस्थित आफ्नै निवासमा उद्योगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो ।

उक्त सहयोग पुष्पतारा केडिया सेवा फाउण्डेसनको सहकार्यमा वृज सिमेन्टद्वारा प्रदान गरिएको हो । पुष्पतारा केडिया फाउण्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको गैरनाफामूलक सामाजिक संस्थाको रुपमा रहेको छ र यस क्षेत्रमा सक्रियताका साथ कार्य गर्दै आइरहेको छ ।

उक्त सहयोग स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेको पुष्पतारा केडिया सेवा फाउण्डेसनकोे सहकार्यमा वृज सिमेन्टद्वारा प्रदान गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया