अडानको पाँचौँ केन्द्रीय परिषद् फागुन २८ मा

काठमाडौं ।
नेपाल अडिटर्स एसोसिएसन (अडान)को पाँचौँ परिषद् फागुन २८ गते हुने भएको छ । लेखा परीक्षकहरुको पेशागत संगठन अडान विगत झण्डै दुई दशकदेखि क्रियाशील रहेको छ । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरु मात्र यस संस्थामा सदस्य हुन पाउने व्यवस्था छ । हाल क्षेत्रीय परिषद्हरु धमाधम हुँदै गरेको अडानले जनाएको छ ।
अडानका अनुसार विगतमा राष्ट्रिय अधिवेशनपछि मात्रै क्षेत्रीय परिषद् गरिन्थ्यो तर संघीयताको कार्यान्वयनपछि सांगठनिक रुपमा पनि परिवर्तन भएको छ । जिल्ला, प्रदेश र केन्द्र गरी तीन तहमा संगठन चलायमान भएको छ । पाँचौँ परिषद् गर्ने संस्थाको निर्णयबमोजिम यसपटक प्रदेश नं. २ को जनकपुर, वाग्मती प्रदेशको चितवन र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश परिषद् सम्पन्न भइसकेको अडानले जनाएको छ ।
यस्तै आगामी फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश परिषद् हुने बताइएको छ । त्यस्तै यही फागुन १९ गते काठमाडौंको अल्फा हाउसमा उपत्यका प्रदेशको र फागुन २२ गते प्रदेश नम्बर १ को विराटनगरमा प्रदेश परिषद् सम्पन्न गरी २०७७ फागुन २८ गते काठमाडौंको कार्की ब्यांक्वेटमा केन्द्रीय परिषद् हुने कार्यक्रम रहेको अडानले जनाएको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया