Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज हाट बजार सुरु, यस्ता छन् अफरहरु

दराज हाट बजार सुरु, यस्ता छन् अफरहरु


काठमाडौं ।
अनलाइन बजार, दराजले आज मंगलबारदेखि दराज हाट बजार सुरु गरेको छ । यस अभियानमा दराजले ग्राहकहरुको लागि महाडील, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल एक रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भाउचरहरुजस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ ।

यसका साथै ग्राहकहरुले दराज हाट बजारमा पाँच लाखभन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादि सामानहरू पर्दछन् । दराज हाट बजारमा प्रदर्शित ‘खेल एक रुपैयाँको’ गेममा भाग लिएमा ग्राहकहरुले १९ हजार नौ सय ९९ रुपैयाँ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले’जस्ता पुरस्कार केवल एक रुपैयाँमा जित्न सक्नेछन् ।

यस बाहेक ग्राहकहरुले १५ हजार नौ सय ९० रुपैयाँ मूल्यको ‘अनर वाच म्यगिक’ घडीका साथै २१ हजार सात सय २५ रुपैयाँ पर्ने आकर्षक ‘तीन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्नेछन् । कम्पनीका अनुसार यीसँगै सात हजार आठ सय ४५ पर्नेछ महिनाको डिश होम इन्टरनेट प्याकेज पनि जित्न सकिन्छ ।

यसका साथै अन्य उत्पादनहरु पनि रहेका छन् । खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्डमार्फत माथि तोकिएको सामानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरी एक रुपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुनेछ । किनमेललाई सुविधाजनक बनाउन दराजले नेपालका चारवटा बैंकहरू एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरी सजिलो मासिक किस्ता सेवा (ईएमआई) सुरू गरेको छ ।

यी बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफूलाई मन परेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन् । यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत (पाँच सय रुपैयाँसम्म) छुट पाउन सक्छन् । यो अफर आइतबार सिद्धार्थ बैंक, सोमबार सानिमा बैंक, बुधबार एनआईसी एसिया बैंक, शुक्रबार नबिल बैंक र शनिबार : स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लागू हुनेछ ।

साथै उच्च मागका कारण, दराजले आफ्नो वितरण सेवा उपत्यकाबाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको जनाएको छ । कम्पनीले बर्दिबास, भीमदत्त, महेन्द्रनगर, छिरेश्वरनाथ, दमौली, देवदाहा, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती, खैरहानी, लहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, साइनामाइना, सुनवाल, तिलोत्तमा र जलेश्वर शाखा विस्तार गरेको हो । साथै, दराजका सबै नयाँ प्रयोगकर्ताहरूले दुई सय रुपैयाँ मूल्य भएको पहिलो अर्डर भाउचर निःशुल्क पाउनेछन् ।

कम्पनीका अनुसार दराज एप पहिलो चोटि खोल्दा पाइन्छ । यसलाई दुई हजार वा अधिकको सामान खरिद गर्दा प्रयोग गर्न मिल्छ । हाट बजारमा नयाँ प्रयोगकर्ताले अतिरिक्त भाउचरहरू जित्ने मौका पनि प्राप्त गर्नेछन् । निःशुल्क वितरण, निःशुल्क भाउचरहरू, बैंक डेज छुट र नयाँ ग्राहकलाई थप छुट हुने भएकोले हाट बजार दराजबाट अनलाइन किनमेल गर्नको लागि उत्तम समय रहेको दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया