Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एमओटु स्मार्टफोन नेपालमा

सामसङको ग्यालेक्सी एमओटु स्मार्टफोन नेपालमा


काठमाडौं ।
स्मार्टफोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एमओटु स्मार्टफोन नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले एमओटुएस फोनको अपार सफलतापछि नेपाली बजारमा यो फोनलाई प्रस्तुत गरेको जनाएको छ । सामसङको यो स्मार्टफोन आकर्षक मूल्य एवं धेरै विशेषता भएको यो फोन ‘बजेट सेग्मेन्ट’का लागि उपलब्ध गराइएको हो ।

कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एमओटु नेपालका ग्राहकरुको डिजिटल आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको छ । अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेमहरु खेल्न तथा अन्य कार्यहरु गर्न यो फोन विशेष रहनेछ । यो मेगा इन्टरटेन्मेन्ट स्मार्टफोन ६.५ इन्चको डिस्प्ले, मेगा ब्याट्री तथा माइक्रो सेन्सरयुक्त १३ मेगापिक्सलको डुअल क्यामराको साथ उपलब्ध रहेको छ ।

यसमा नयाँ ६.५ इन्च स्क्रिन भएको ग्यालेक्सी एमओटुमा, मेगा भ्युइङ्ग एक्स्पेरियन्सको लागि एचडी प्लस इन्फिनिटी भी डिस्प्ले राखिएको छ । जसमा विना रुकावट गेम खेल्न, सिनेमा हेर्न सकिन्छ । यसमा भएको एचडी प्लस स्क्रिनले अनलाइन कक्षा लिन, भिडियो कल गर्न र विषयवस्तुहरु पढ्न थप सहजता प्रदान गर्दछ । साथै यसमा पाँच हजार मेगाहर्जको ब्याट्री राखिएको छ, जसले गर्दा दिनरात चलाउँदा पनि बारम्बार चार्ज गरिराख्नुपर्दैन । यसमा मिडिया टेक ६७३९ को प्रोसेसर राखिएको हुँदा विना रुकावट ब्राउजिङ्ग तथा इन्टरटेन्मेन्टको मज्जा लिन सकिन्छ ।

यसले गर्दा स्मार्टफोनलाई थप अर्को तहमा पु¥याएको कम्पनीको भनाइ छ । सफा र स्पष्ट फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन लेन्सको साथ डुअल रियर क्यामेरा रहेको छ । साथै २ मेगा पिक्सलको माइक्रो सेन्सरले क्लोजअप सट लिँदा पनि अभूतपूर्व फोटो खिच्न सक्दछ । त्यसैगरी पाँच मेगा पिक्सल अगाडि राखिएको क्यामराले प्राकृतिक फोटोको क्वालिटी प्रदान गर्दछ र सेल्फी गेमलाई अझै मजबुत पार्दछ । सिल्क डिजाइन तथा सहजसँग समात्नको लागि कम्फोर्ट ग्रीप भएको यो स्मार्टफोन नीलो, कालो, खरानी गरी तीन रंगमा उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एमओटुको मूल्य दुई जीबी प्लस ३२ जीबीको ११ हजार नौ सय ९९ रुपैयाँ र तीन जीबी प्लस ३२ जीबीको १२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन नेपालभर रहेका सामसङका आधिकारिक ब्राण्डस्टोर तथा पसलहरु सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया