Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराटनगरमा बन्धन मेसन बैठक

विराटनगरमा बन्धन मेसन बैठक


काठमाडौं ।
बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले विराटनगरमा बन्धन मेसन मिट २०७७ कार्यक्रम सम्पन्न गरेको छ । निर्माणसम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो । सिमेन्टबारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको पाँच लाखसम्मको दुर्घटना जीवन बीमा समेत गरिएको थियो ।

बीमाको लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको जानकारी दिइएको छ । कार्यक्रममा सहभागीहरूको त्यतिबेलै बीमा गराउने व्यवस्था गरिएको थियो भने कार्यक्रममा उपस्थितले अन्य समयमा पनि बीमा कम्पनीमा सम्पर्क गर्नसक्ने प्रावधान मिलाइएको जानकारी दिइएको थियो ।

कार्यक्रममा नबिल बैंकले निःशुल्क खाता खोली दुई जीबी इन्टरनेट डाटा ब्याक दिएको थियो भने एनसीएलको तर्फबाट निःशुल्क सिमकार्ड वितरण गरेको थियो । कार्यक्रममा निर्माणकार्य गर्दा ध्यान दिनुपर्ने कुराहरूबारे र सिमेन्टको गुणस्तरबारे सन्देश दिइएको थियो ।

कम्पनीको तर्फबाट अखिलेश कुमार सिंहले सिमेन्टको प्राविधिक पक्षको विषयमा जानकारी दिएका थिए । उनले बन्धन सिमेन्ट निकै मसिनो रहेको, जर्मन प्रविधिको प्रयोग गरिएको र ल्याबको निरन्तर जाँचबाट स्तरीय उत्पादन गर्न सफल रहेको जानकारी दिएका थिए । उनले पीपीसी ओपीसी पीएससीबारे जानकारी दिँदै सबै प्रकारका सिमेन्टमा बन्धन उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा कृष्ण लुइँटेल बोकेदारीले सांगीतिक प्रस्तुति गरेका थिए । यस्तै पारस थापाले क्यारिकेचरमार्फत मनोरञ्जन गराएका थिए । कम्पनीले विराटनगरपछि दमक हुँदै बिर्तामोड इटहरीलगायत ठाउँमा पनि कार्यक्रमलाई निरन्तरता दिने बन्धन सिमेन्टका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल

तपाईको प्रतिक्रिया