Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेलाई विशेष योजना

एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेलाई विशेष योजना


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् ।

एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत शुक्रबारबाट यो योजना सञ्चालनमा ल्याएको हो । सहयात्री सिमको उद्देश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पु-याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् । त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ ।

यो सिम ग्राहकले करसहित मात्र ९९ रुपैयाँमा लिन सक्छन् । सिमसँगै २० रुपैयाँको मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने दुई सय एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवाजस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवाग्राहीले भारत, कतार, युएई, मलेसिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात् योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुनसक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ ।

साथै यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिनापश्चात् ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउनसक्ने कम्पनीले जनाएको छ । यस्तै यो सिम सुचारु गरको दोस्रो दिनको मध्यरातसम्ममा एक सय रुपैयाँभन्दा माथि रिचार्ज गरे ग्राहकले सोही बराबरको बोनस टक टाइम र डेटा प्राप्त गर्दछन् । साथै ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयुगोअन्तर्गत सेवा प्रयोग गर्नसक्छन् । बोनस प्रयोग गर्ने समयावधि सात दिन रहेको छ ।

यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामा पनि मलेसिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कल दिन सक्नेछन् । यसका सँगसँगै यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तर्राष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया