Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा एमडब्ल्यूसी संघाईमार्फत फ्ल्यास चार्जको बृहत् प्रदर्शनी

ओप्पोद्वारा एमडब्ल्यूसी संघाईमार्फत फ्ल्यास चार्जको बृहत् प्रदर्शनी


काठमाडौं ।
ओप्पोले मोबाइल वल्र्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ । कार्यक्रमको आयोजना ओप्पो स्ट्यान्ड (बुथ नं एन२–ई४०)मा उपकरण चार्जिङका नवप्रवर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधिलगायतको प्रदर्शनीका साथमा गरिएको थियो ।

कञ्जुमर इलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङलगायत क्षेत्रका अग्रणी पार्टनर्सका साथै सीसीटीएल (चाइना टेलिकम्युनिकेसन टेक्नोलोजी ल्याब्स)का चार्जिङ प्रविधिका विशेषज्ञहरु पनि फ्ल्याश चार्ज प्रविधिको भाविष्यबारे अन्तत्र्रिmयाका लागि सहभागी भएका थिए । जम्मा २० मिनेटभित्रै चार हजार एमएएच क्षमताको फोन ब्याट्रीलाई शतप्रतिशत चार्ज गर्ने क्षमतासहितको १२५ वाट फ्ल्याश चार्जरलगायत पनि ओप्पो स्ट्याण्डमा प्रदर्शनीका लागि राखिएको थियो ।

त्यसैगरी, सोही क्षमताको ब्याट्रीलाई मात्र ३० मिनेटभित्र पूर्ण चार्ज गर्ने क्षमतासहितको ६५ वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज उत्पादन तथा ओप्पोका प्रोप्राइटरी प्रविधिहरु लाइसेन्स्ड गरेका विभिन्न पार्टनर्सहरुका उत्पादनहरु पनि प्रदर्शनीमा रखिएका थिए । ओप्पोको एमडब्ल्यूसीएस स्ट्यान्डमा फ्ल्याश चार्जका साथै अन्य चार क्षेत्रका आकर्षक नवप्रवर्तनात्मक प्रविधिहरु प्रदर्शित छन् ।

प्रदर्शित ‘द स्मार्टहोम अफ दि फ्यूचर’ले ओप्पोका आईओटी उत्पादनले हाम्रा घरहरुलाई कसरी स्मार्टर र अझ कनेक्टेड बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । क्वालकम स्न्यापड्रागन एक्स५५ ५जी मोडेम–आरएफ प्रणालीद्वारा सञ्चारित पृथक सीपीई, ओम्नीले फाइभजी सिग्नललाई दुई प्रोप्राइटरी एन्टिना प्रणालीमार्फत स्थिर, उच्चगतिको वाइफाइ कनेक्सनमा परिणत गर्ने क्षमता राख्छ ।

ओ–रिजर्भ ५जी एन्टेना प्रणालीले सब–६जीएचजेड ५जी स्पेक्ट्रमको प्रयोग गरी स्वचालित रुपमा आफ्ना आठमध्ये चार एन्टेनाको प्रयोग गर्दै सर्वोत्कृष्ट सिग्नलको छनोट गर्छ । त्यसैगरी, ओ–मोसन ६६०डिग्री प्रविधिले स्वचालितरुपमा आफ्नो एन्टेना पूर्णरुपमा घुमाई सीपीईको अवस्थिति ५जी मिलिमिटर वेब सिग्नल पाउन उत्कृष्ट तवरमा स्थापित गर्छ । ओप्पो, क्वालक टेक्नोलोजिज आईएनसी र एरिक्सनले भर्खरै ओम्नीका साथमा ५जी मिलिमिटर वेब प्रविधिको सफल परीक्षण गर्दै ४.०६ जीपीबीएस डाउनलिंक गति प्राप्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया