Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुलास स्टिलद्वारा छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन सुरु

हुलास स्टिलद्वारा छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन सुरु


काठमाडौं ।
हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन सुरु गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रीवितरण गर्ने जनाएको छ । कम्पनीका अनुसार गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिङ गरी उत्पादन गरिनेछ ।

सोही कारण साधारण ग्याल्भनाइज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंकप्रतिरोधी क्षमता तीन गुणा बढी हुने कम्पनीले जनाएको छ । नेपालमा पहिलोपटक अष्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याइएको हुनाले कर्कटपाताको टिकाउपना तीन गुणा बढी रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया