Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअम्बे स्टिल्सद्वारा डिलर सम्मेलन

अम्बे स्टिल्सद्वारा डिलर सम्मेलन


काठमाडौं ।
देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टिल्सले डिलर सम्मेलन गरेको छ । नुवाकोटमा गत शुक्रबार कम्पनीले डिलरहरुसँग डिलर सम्मेलन सम्पन्न गरेको हो । उक्त कार्यक्रममा अम्बे स्टिल्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका वरिष्ठ उच्चपदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

सम्मेलनको मुख्य उद्देश्य वर्षौँदेखि अम्बे स्टिल्सले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो । अम्बे स्टिल्सले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक एक हजार चार सय टन छड उत्पादन गरी नेपाली बजारमा पु-याउँदै आएको छ ।

यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको छड हो । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्तामाझ पु-याउँदै आएको छ । कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पु-याउन डिलरहरुको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया