Techie IT
×
गृहपृष्ठकर्पोरेटवर्ल्डलिंक सद्भावना दूतमा खतिवडा नियुक्त

वर्ल्डलिंक सद्भावना दूतमा खतिवडा नियुक्त


काठमाडौं ।
ब्रोडब्यान्ड सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको सद्भावनादूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् । कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा खतिवडालाई सद्भावनादूतका रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विश्वस्तरीय इन्टरनेट सेवा दिन कम्पनी सधैँ प्रतिबद्ध भएर लाग्ने बताए । सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि खतिवडाले नेपालको नम्बर एक ब्रोडब्यान्ड सेवाप्रदायकका रूपमा नेपालभर गरेको विस्तारित कम्पनीको सद्भावनादूत हुन पाएकामा निकै खुसी भएका बताइन् ।

साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुँदै आइरहेको उनको भनाइ थियो । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि कम्पनी प्रेरणाको स्रोत पनि बनिरहेको उनले बताइन् । सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्र्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाला, बोर्ड निर्देशक मनोज अग्रवालको पनि उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया