मिसियो सपिङ गर्दा ५१ प्रतिशत छुट
काठमाडौं ।
अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा मिसियो खरिद गर्दा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ । मिसियो नेपालले सोमबार मार्च १ देखि मार्च ५ सम्म लागू हुने गरी यो अफर सार्वजनिक गरेको हो । मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफरको फाइदा लिन सकिने सञ्चालक रञ्जु तण्डुकारले जानकारी दिइन् । अफरले मिसियोका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदै छ । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ ।
‘वयर नाउ पे लेटर’ अफर : यसैगरी मिसियो नेपालले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी ल्याएको ‘वयर नाउ पे लेटर’ अफरलाई समेत निरन्तरता दिएको छ । छवटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले नौ हजार नौ सय ९९ रुपैयाँभन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा नौ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
अहिले कपडा लगाएर पछिसम्म तिर्नसक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
- नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
- टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया