
काठमाडौँ ।
आजभोलि सडक कालोपत्रे गर्ने बिटुमिन मात्र नभई अन्य बिटुमिनजन्य पदार्थहरु पनि प्रयोग गरिन थालिएको छ । तीमध्ये मुख्य रुपमा बिटुमिन इमल्सन, क्रम्ब रबर मोडिफाई बिटुमिन, पोलिमर मोडिफाई बिटुमिन हुन् । बिटुमिन इमल्सन बिटुमिन, इमल्सिफायर, केमिकल, स्प्रिट तथा पानी प्रयोग गरी उत्पादन गरिन्छ ।
बिटुमिन इमल्सन बिटुमिनको विकल्पको रुपमा चिसो तथा गर्मी ठाउँमा, जाडो मौसममा तथा वर्षात्को याममा पनि प्रयोग गर्न सकिन्छ । बिटुमिन इमल्सनलाई कोल्ड मिक्स, हट स्प्रे गरेर पनि सडक कालोपत्रे गर्न सकिन्छ । सडकको प्याच होल मर्मत गर्न, क्र्याक सिलिङ्ग गर्न, प्राइमकोट गर्न, ट्याककोट गर्नका साथै कोल्ड मिक्स गरेर पनि पिच गर्न सकिन्छ ।
बिटुमिन इमल्सन दुइ प्रकारका हुन्छन् – एनाओनिक र क्याटआयोनिक । नेपालमा उपलब्ध गिट्टी, चिप्स तथा हावा पानी सुहाउँदो क्याटआयोनिक बिटुमिन इमल्सन हो । यो इमल्सन विभिन्न ग्रेडका हुन्छन् । विशेष गरेर स्लो सेटिङ्ग, मिडियम सेटिङ्ग, -यापिड सेटिङ्ग र क्विक सेटिङ्ग स्लरी सिल छन् । बिटुमिन इमल्सन प्रयोग गर्ने स्थानको वातावरण, तापक्रम, घुम्ती, स्लोप, घाम लाग्ने, छाया परेको आदि कुराहरुलााई मध्यजनर राखेर कुन प्रकारको इमल्सन प्रयोग गर्ने हो, तय गरिन्छ र सोहीअनुसारको बिटुमिन इमल्सन उत्पादन गरिन्छ ।
नेपालमा बिटुमिन इमल्सनको गुणस्तर कायम गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले ने.गु. (एनएस २७७) निर्धारण गरेको छ । त्यसैले नेपालमा उत्पादन तथा बिक्री हुने बिटुमिन इमल्सन नेपाल गुणस्तरअनुसारको हुनुपर्छ । सडक विभागले पनि ट्रिपअन्तर्गत बुडारदेखि डडेल्धुरा सडक, मेची राजमार्ग इलाम सडकमा पनि बिटुमिन इमल्सनले डीबीएसटी गरेर सडक कालोपत्र गरेको थियो । त्यस्तै अरनिको राजमार्गको दोलालघाट–बाह्रबिसे खण्डको सडकमा पनि कोल्ड मिक्स प्रविधिसहितको बिटुमिन इमल्सन प्रयोग गरी कालोपत्रे गरेको थियो ।
बिटुमिन इमल्सन प्रयोग गर्दा लागत कम, समय बचत, प्रयोग गर्न सजिलो, वातावरणमैत्री, तताउन नपर्ने भएकोले वनजङ्गल विनाश नहुने, जुनसुकै मौसममा प्रयोग गर्न सकिने, चिसो/तातो दुवै ठाउँमा प्रयोग गर्न सकिने, यसको खाली ड्रम पुनः प्रयोग गर्न सकिनेजस्ता फाइदा हुने बताईएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया