Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा

रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा


काठमाडौँ ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि आठौँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिनसक्ने गरी १०८ एमपी क्यामेरा राख्नलागेको जनाएको छ ।

कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको क्यामेराबारे जानकारी दिएको हो । आठौँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।

रियल ८ प्रोको क्यामेरा सामसङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुपअनुसार १/१.५२ सेन्सरर १२०००/९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ । यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्बिरको सुनिश्चितता गरेको छ । यसैगरी ‘एचएम२’ले ‘नाइन–इन–वानपिक्सेल बिन्निङ’, ‘आइएसोओ सेल प्लस’ र ‘स्मार्ट आइएसोओ’ मोबाइल तस्बिर सेन्सरका कारण यो फोन स्पष्ट र उत्कृष्ट तस्बिरका लागि सक्षम छ । रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुवैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्बिर खिच्नसक्छ ।

‘इन–सेन्सर’ जुम, झनै बढी स्पष्ट : यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’ जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममाथ्रि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्बिरको विवरण देखाउनेछ । १२ एमपी आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्बिर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ । यसमा प्रयोग गरिएको ३ एक्स सेटिङले अप्टिकल टेलिफोटोको लेन्सबाट खिचेको तस्बिरभन्दा पनि यसको क्यामेराबाट खिचेको तस्बिर उत्कृष्ट ठहरिएको छ ।

स्मार्टफोनमा पहिलोपटक ‘टाइम लाप्स’ स्टारी मोड : रियलमीले यस सिरिजमार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ । विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुईभन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादनमार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड एकदमै चुनौतीपूर्ण मानिन्छ ।

रियलमी टाइम लाप्स भिडियो अल्गोरिथम विशेषताका साथ आउने तयारीमा छ, जसमा ४८० सेकेण्डमा ३० वटा तस्बिर खिच्न सकिनेछ र यो मोडमा संश्लेषण गरी संयोजन गरिसकेपश्चात् ती तस्बिरलाई ४८० गुणा बढी स्पिडका साथ १ सेकेन्डमा हेर्न सकिनेछ ।

टिल्ट–शिफ्ट फोटोग्राफी : सूक्ष्म संसार : महँगो टिल्ट शिफ्ट लेन्सको प्रयोग गरेर यसमा टिल्ट शिफ्ट फोटोग्राफीको विशेषता पनि प्रदान गरिएको छ । यसले फोटोको केवल एक भागलाई फोकस गरेर स्पष्ट देखाउँछ र अन्य भाग ब्लर गरेर सूक्ष्म संसारको अनुभूति दिलाउँछ ।

रियलमी आठौँ सिरिजको फोन टिल्ट शिफ्ट तस्बिर खिच्नका अलावा १० औँ गुणा तीव्र टिल्ट शिफ्ट टाइम लाप्स भिडियो खिच्न समेत सक्षम छ । दृश्यहरू फरक र नयाँ तरिकाले हेर्नका लागि यो विशेषता उत्तम छ । स्मार्टफोनको दुनियाँमा यो फिचरको प्रयोग गर्ने रियलमी ८ प्रो नै पहिलो हो । यसमा ब्लर र स्पष्ट दुवै क्षेत्रतर्फ आकार, कोण, स्थिति, अवस्थालगायतलाई थपघट गर्न सकिने विशेषताहरु पनि राखिएको छ, जसले दृश्यलाई अझ शानदार बनाउने विश्वास गरिएको छ ।
नयाँ प्रोट्रेट फिल्टर

अचेल अधिकांश स्मार्टफोनहरुले तस्बिरको फोकसिङ क्षेत्रबाहेकलाई ब्लर गर्ने फिचरहरु सार्वजनिक गरेका छन् । नयाँ ट्रेन्ड स्थापना गर्न रुचाउने रियलमीले आठौँ सिरिजको यस मोबाइल फोनमा आइकोनिक, नियोन, डायनामिक र एआई कुल फिल्टरहरु राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया