Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा

एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा


काठमाडौँ ।
नेपालको लागि एक्स्कर्टस मसिनहरुको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्स प्रालिले एक्स्कर्टसको हेभी इक्विपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डिगम्याक्स थ्रीई ब्याक्हो लोडरको बिक्री खुल्ला गरेको छ । कम्पनीका अनुसार नयाँ मेसिन अत्यधिक कार्यक्षमतासहित डिजाइन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएको कम्पनीले जनाएको छ । डिगम्याक्स थ्रीई ब्याक्हो लोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको छ ।

रात्रिकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठूलो साइजका लिड लाइटहरु प्रयोग गरिएको छ । अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेन्टिलेसन सिस्टम जडान गरिएको छ । अगाडि र पछाडि दुवैतिर क्याबिनको झ्याल खोल्न सकिनेछ जसले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छाअनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।

कम्पनीका अनुसार सहजै मसिन सञ्चालन गर्नलाई स्विच साथै इन्स्ट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिन बजारमा उपलब्ध मेसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्ड्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डिगम्याक्स थ्रीई चौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्विपमेन्ट मोनिटरिङ्ग सिस्टम जडान भएको हुँदा अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउनेछन् । मसिनको अपरेसन खर्च कम लाग्ने भएकाले ब्याक्हो लोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट सेयर बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा एस्कर्ट्सको झण्डै ११०० युनिटभन्दा पनि बढी मेसिनहरु छन् । आइएमई अटोमोटिभ्स प्रालिले देशभरका १२ वटै शाखाअन्तर्गत २०१४ देखी एस्कर्ट्स कन्ट्रक्सन इक्विपमेन्टका ब्याक्होलोडर, सोइल कम्प्याक्टर, हाइड्रा क्रेनहरु बिक्रीवितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाइ अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया