Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचितवन–मुक्तिनाथ मोटर -याली

चितवन–मुक्तिनाथ मोटर -याली


चितवन ।
चितवनबाट पहिलोपटक चितवन मुक्तिनाथ मोटर -याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने उद्देश्यले नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा तीनदिने मोटर -याली गरिने भएको हो ।

आगामी चैत १५ देखि १७ गतेसम्म चितवन मुक्तिनाथ मोटर -याली हुने कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए । -यालीको मुख्य उद्देश्य थला परेको नेपाली पर्यटन व्यवसायलाई अगाडि बढाउने हो’, अध्यक्ष पियाले भने, ‘साथै सुरक्षित यात्रा र मोटर खेलको विकास प्रवर्द्धन सन्देश पनि हो ।’ -यालीका सहभागीहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेक प्वाइन्ट राखिने आयोजकले जनाएको छ । तोकिएका चेक प्वाइन्टमा -यालीमा सहभागीले अतिरिक्त क्रियाकलामा सहभागी हुँदै अंक बटुल्नेछन् ।

तोकिएअनुसारको सहभागीहरुले सवारीसाधन चलाउनुपर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नुपर्नेछ । सोही आधारमा उपाधिसमेत दिइने छ । चितवनको भरतपुरबाट सुरु हुने -याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथमा पुग्नेछ । जान–आउन गरेर छ सय किलोमिटरको -यालीको तयारीसमेत तीव्र पारेको उनले बताए । साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि समावेश गरिएको उनले बताए । -यालीमा ३० वटा सवारीसाधनमा १ सय जना सहभागी हुने आयोजकको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया