Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा सिमेन्टद्वारा निर्माणविज्ञहरुसँग अन्तर्क्रिया

जगदम्बा सिमेन्टद्वारा निर्माणविज्ञहरुसँग अन्तर्क्रिया


काठमाडौं ।
निर्माणविज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने भन्दै जगदम्बा सिमेन्टले सिन्धुपालञ्चोकको मेलम्चीमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतहरुसँग कम्पनीले सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा भौतिक संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माणसम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताए । मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जित बहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमा मात्र ओपीसी र पीपीसी सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।

स्थापना कालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रमहरुजस्तै जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिबाट लाभान्वित गर्दै आएकोमा भावी दिनहरुमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिने प्रतिबद्धता कम्पनीका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया