Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेली मोटरसाइकलको नयाँ शोरुम सर्लाहीमा

बेनेली मोटरसाइकलको नयाँ शोरुम सर्लाहीमा


काठमाडौं ।
बेनेली मोटरसाइकलको नयाँ शोरुम सर्लाहीको मलङ्वामा स्थापना भएको छ । पीएस इन्टरप्रइजेस बेनेली मोटरसाइकलको लागि सर्लाही जिल्लाको अधिकृत बिक्रेता हो । मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीले जनाएको छ । पीएस इन्टरप्राइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गरेको छ ।

नेपाली राइडरहरुलाई फाइदा पु¥याउनेछ । कम्पनीको अनुसार सबै मोडेलहरू दुई वर्ष इन्जिन वारेन्टीको रहेको छ । बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक बैद्यनाथ महतोेको अनुसार सबै मोडेलहरू शक्तिशाली इन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो ।

बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेसिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । १९११ देखि नै मोटरसाइकल पारखीबीच एक बेग्लै पहिचान बनाएको छ । नेपालको लागि बेनेलीको आधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिङ प्रालि हो । कम्पनीले ३एस (सेल्स, स्पेयर, सर्भिस)को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया