Techie IT
×
गृहपृष्ठकर्पोरेटजुम्ला सदरमुकाममा टेलिकमको फोरजी सेवा

जुम्ला सदरमुकाममा टेलिकमको फोरजी सेवा


जुम्ला पुस २४
नेपाल टेलिकमले जुम्लाको सदरमुकाम खलङ्गामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा जुम्लाले जनाएको छ । नेपाल टेलिकममा रहेको टावर, आचार्यवाडा माथिको डाँडामा रहेको स्तम्भ र भारतिवाडामा रहेको टावरबाट फोरजी सेवा शुरु भएकाले घरमै बसेर इन्टरनेट सहजै चलाउन सकिने नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

देश–विदेशका सूचना घरमै बसेर जानकारी लिनका लागि जुम्लामा फोरजी सेवा सञ्चालन गरिएको उनले बताए । आचार्यवाडा रहेको टावरमा फोरजी सेवा जडान गरिएको हुनाले गुठीचौर गाउँपालिकाअन्तर्गतका ३, ४ र ५ नं वडामा फोरजी सेवाले काम गरेकाले इन्टरनेटबाट वडापालिकामा गरिने कामलाई सहज र सजिलो हुने भएको छ । साथै मोबाइल डाटा प्रयोगकर्ताहरुका लागि फोरजी सेवाले महत्वपूर्ण फाइदा गर्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । टुजी र थ्रीजी सेवा प्रयोग गर्दै आएका जुम्लावासी अबदेखि फोरजी सेवा प्रयोग गर्न पाउने स्थानीय नर रावतले बताए ।

साथै टेलिकमले जुम्लाका विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्दै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको टेलिकम कार्यालय जुम्लाले जनाएको छ । १० ब्यालेन्स, ६० एमबी डाटा, ४० मिनेट भ्वाइस प्याक र २० वटा एसएमएस सुविधा भएको ५०० थान सिमकार्ड वितरण गरिएको र ग्राहक सङ्ख्यामा वृद्धि गर्न तथा सञ्चारको पहुँचमा विद्यार्थीलाई सहभागी गराउन निःशुल्क सिमकार्ड वितरण गरिएको बताएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया