ओप्पोले ‘मल्टिपल स्टार्स’सँगै एफ–१९ प्रो सार्वजनिक गर्दै

काठमाडौं ।
ओप्पोले एफ–सिरिजअन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागशिप फोनका बारेमा सांकेतिक जानकारी दिनथालेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्ममार्फत सुुरुवाती रुपमा ‘गेस दि ओप्पो स्टार’ क्याम्पेनको थालनी गरेको छ । टिजरहरू नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भव्य इभेन्ट वा क्याम्पेनको तयारी गरिरहेको अनुमान लगाउन सकिन्छ ।
नेपालमा पहिलोपटक सन् २०१६ मा सार्वजनिक एफ–सिरिजका स्मार्टफोन ओप्पोद्वारा प्रस्तुत उत्पादनहरूमध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओप्पो एफ१९प्रोमार्फत थप अगाडि लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नवप्रवर्तनात्मक प्रविधिहरूका कारण ओप्पो एफ१९प्रोले एफ सिरिजको मात्र नभई समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाइ प्रदान गर्ने विश्वास लिइएको छ ।
ओप्पो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओप्पो तथा एफ सिरिजअन्तर्गतकै सर्वाधिक फेसनेबल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ । हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिबारे भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापि यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ । हालसम्म कम्पनीले ओप्पो एफ१९प्रो का विशेषताहरूबारे आधिकारिक जानकारी दिएको छैन ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया