Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईप्रोका फिचर फोन नेपाली बजारमा उपलब्ध

आईप्रोका फिचर फोन नेपाली बजारमा उपलब्ध


काठमाडौं ।
नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरू आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्रीवितरण सन् २०१९ जुलाईदेखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन ।

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरू मात्र बिक्री गर्नेछ भने विस्तारै अन्य डिजाइनमा फोनहरू उपलब्ध गराउनेछ । कम्पनीले नेपाली उपभोक्ताहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरू ल्याउनलागेको हो । कम्पनीका अनुसार आईप्रोका फिचर फोनहरूमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् । आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो, जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् ।

कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा तीन हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । यसले गर्दा नै आईप्रोले विश्वस्तरीय बारफोन उत्पादन गर्न सफल भएको कम्पनीको दाबी छ । अमेरिकी र युरोपेली बजारमा आईप्रोका फोनहरू निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरू भारत, मलेसिया, इण्डोनेसिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा एक सयभन्दा बढी देशहरूमा बिक्री गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरू बिक्री गर्दै आएको छ । आगामी दिनमा आईप्रोका धेरै मोडलहरू समेत नेपाल ल्याउने र चाँडै स्मार्टफोन समेत ल्याउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको आईप्रोले आफ्नो सेवा पूर्वदेखि पश्चिम नेपालसम्म दिन सफल भएको छ । भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्डबाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्रीवितरण गरिरहेको छ । आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो ।

साधारण र न्यून आय हुने व्यक्तिहरू तथा ठूला कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराउनका लागि यसको उपयोग गर्न सक्छन् । जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समयसम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै उपयोगी छन् । नेपाली बजारमा आईप्रोका फिचर फोनहरू नौ सयदेखि १० हजार रुपैयाँ मूल्यसम्ममा उपलब्ध छन् । नेपालभरका विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसका लागि बिक्रीपछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया