एमभी दुगडद्वारा पियाजियोेको अप्रिलिया एसएक्सआर १६० नेपालमा बिक्री सुरु

काठमाडौं ।
पियाजियो र एमभी दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० नेपालमा सार्वजानिक गरेको छ । अप्रिलिया नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो । बहुप्रतीक्षित प्रिमियम स्कुटर नेपालको सबै डिलरशिपमा चार लाख नौ हजार नौ सय रुपैयाँको आकर्षक प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ । अप्रिलिया सार्वजनिक कार्यक्रमको पियाजियो इण्डियाका अध्यक्ष र प्रबन्धनिर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरे ।
अप्रिलिया एसएक्सआर १६०ले एप्रिलाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ । एकल सिलिन्डर,४–स्ट्रोक, एयर–कुल्ड,३ भल्भ फ्युल इन्जेक्सन, कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ, जसले ७१ सय आरपीएममा ११ पीएसको पिक पावर उत्पादन गर्दछ । उत्तम सवारी अनुभव र उच्चस्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिटहरू रचना गरेको छ । सलक्क बडी ज्यामितीय रूपरेखा र उच्च शिल्प कौशलले एप्रिला एसएक्सआर १६० को गतिशील प्रीमियम अपील प्रतिविम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५.० एचएमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ आउँछ ।
अप्रिलिया एसएक्सआर १६० ३ कोट एचडी बडी पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स , म्याट कालो डिजाइन सम्मिलित डार्क क्रोम एलिमेन्टस्को साथ उपलब्ध गराइएको छ । एलईडी टेक्नोलोजी ट्वीन्स क्रिस्टल हेड लाइट र आईलाईन पोजिसन लाइटको साथ मर्ज भएको फ्रन्ट इंडिकेटर व्लिङ्करले अद्वितीय प्रकाश सिर्जना गर्छ । डाईमण्ड रिफ्लेक्सन एलईडी टेललाईटको साथ एकीकृत रियर व्लिङ्कर भएको यस एप्रिला एसएक्सआर १६० ले नयाँ पुस्ताको आवश्यकता पूर्ति गर्दछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया