Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी ए१२ नेपालमा सार्वजानिक

सामसङको ग्यालेक्सी ए१२ नेपालमा सार्वजानिक


काठमाडौं ।
सामसङले हालै आफ्नो ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । ए१२ फोनमा फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ४८एमपी क्वाइड क्यामेरा राखिएको छ । ४८ मेगा पिक्सेलको हाई क्लारिटी प्रदान गर्न यसको ४८एमपी प्राइमरी लेन्समा आइसोसेल जीएमटु सेन्सर राखिएको छ । कम्पनीका अनुसार यसले हरेक फोटोहरु स्पष्ट एवं उत्कृष्ट क्वालिटीको खिच्नसक्छ । त्यसैगरी क्यामरामा भएको ५ एमपी अल्ट्रा–वाइड क्यामेराले जीवन्त ल्याण्डस्केप तस्बिर खिच्छ भने यसको माइक्रो लेन्सले क्लोजअप सटलाई उत्कृष्टता प्रदान गर्दछ ।

यसका साथै यस फोनमा भएको डेप्थ क्यामराले फोकस गर्र्न र ८ मेगापिक्सलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । यस फोनमा २०ः९ को एस्पेक्ट रेसियोको साथ ६.५ इन्च एचडी प्लस इन्फिनिटी–भी डिस्प्ले छ । साथै यसमा भएको १५ वाटको फास्ट चार्जिङ्गको साथ पाँच हजार मेगाहर्ज ब्याट्रीले लामो समयसम्म विषयवस्तु अवलोकन गर्न र छिट्टै ब्याट्री चार्ज गर्न सकिने सुविधा प्रदान गर्दछ ।

कम्पनीका अनुसार यसमा भएको अर्को प्रमुख विशेषता भनेको यसको आकर्षक डिजाइन, हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङ्ग रहेको छ । यसको म्याट फिनिसिङ्गले फोनको लुक एण्ड फिललाई क्लासिक बनाउनुको साथै आकर्षक बनाएको छ । यसका साथै ए१२ मा विभिन्न विशेषताहरु जस्तै साइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १०, वन युआई कोर २.५ तथा मिडिया टेक हेलियो पि३५ प्रोसेसर आदि छन् ।

कालो, नीलो तथा रातो गरी यो फोन विभिन्न तीन आकर्षक रंगहरुमा उपलब्ध छ । यो फोन ४/६४ जीबीको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ तथा ४/१२८ जीबीको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन नेपाल अधिराज्यभर रहेका सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया